Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

त्रिवि उपकुलपति कार्यालय अगाडि नेविसंघको प्रदर्शन, समयमै नतिजा निकाल्न माग 

त्रिवि उपकुलपति कार्यालय अगाडि नेविसंघको प्रदर्शन, समयमै नतिजा निकाल्न माग 

  • सोमवार, श्रावण २३ २०७९

  • 885
    SHARES

  • त्रिवि उपकुलपति कार्यालय अगाडि नेविसंघको प्रदर्शन, समयमै नतिजा निकाल्न माग 
    काठमाडौं । परीक्षाको नतिजा समयमै सार्वजनिक गर्न माग गर्दै नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन गरेको छ ।
     
    उनीहरूले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको लापरबाहीले प्रश्‍नपत्र दोहोरिएको, परीक्षाको नतिजा समयमै नआएको र मर्यादा विपरीत प्राइभेट कलेजलाई प्रश्‍नपत्र बेचेको भन्दै यी सबै काम बन्द गर्न माग गर्दै भण्डाफोर कार्यक्रमको आयोजना गरेर प्रदर्शन गरेको नेविसंघ त्रिवि इकाइ समितिका सचिव योगेन्द्र रावले बताउनुभयो । 
     
    उहाँले बीएड पहिलो सेमेष्टरको परीक्षा साढे दुई वर्ष हुँदा पनि त्रिविले नतिजा नल्याएको आरोप लगाउनुभयो । 
     
    यसका साथै उनीहरूले त्रिविले प्रश्‍नपत्र दोहोरिएको विषयबारे छानबिन गरेको प्रतिवेद सार्वजनिक गर्न माग गरेका छन् ।


    सोमवार, श्रावण २३ २०७९०५:१५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij