Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

चितवनमा थपिए १७ जना कोरोना संक्रमित

चितवनमा थपिए १७ जना कोरोना संक्रमित

  • शुक्रवार, भाद्र १२ २०७७

  • 964
    SHARES

  • चितवनमा थपिए १७ जना कोरोना संक्रमित

    चितवन। चितवनमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाबाट बिहीबार राति प्राप्त रिपोर्टअनुसार खैरहनी नगरपालिकाका १२ जना, भरतपुरका ३ जना, रत्ननगरका १ जना र नवलपुरको गैँडाकोटका एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिनुभयो ।

    संक्रमितहरु ६ देखि ७९ वर्षसम्मका छन्। भरतपुरका संक्रमितहरू नारायणी सामुदायिक अस्पताल र भरतपुर अस्पतालका हुन्। गैँडाकोटका संक्रमितको पुरानो मेडिकल कलेजबाट स्वाब लिइएको हो। रत्ननगर र खैरहनीका संक्रमितहरू स्थानीय क्वारेन्टिनमा छन्।

    चितवनमा कोरोना संक्रमितको संख्या ५१३ जना पुगेको छ। यहाँका अस्पतालहरूमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ। बिरामीसँगै कोरोना संक्रमितको उपचार गर्नुपर्ने जिम्मेवारीमा रहेका स्वास्थ्यकर्मीहरू आफै संक्रमित हुनेक्रम बढेको छ।

     

     


    शुक्रवार, भाद्र १२ २०७७०७:२८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij