Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

देशव्यापी तालमेलको पक्षमा काँग्रेस नेताहरू 

देशव्यापी तालमेलको पक्षमा काँग्रेस नेताहरू 

  • सोमवार, श्रावण २३ २०७९

  • 758
    SHARES

  • देशव्यापी तालमेलको पक्षमा काँग्रेस नेताहरू 
    काठमाडौं । नेपाली काँग्रेसका नेताहरू देशभर तालमेलको पक्षमा देखिएका छन् ।
     
    सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बस्नुअघि काँग्रेसले सोमबार बिहान पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक राखेको थियो । प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा नेताहरूले अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार जित्ने गरी तालमेल गर्नुपर्नेमा जोड दिएका छन् ।
     
    ‘कसले कति सिट पायो भन्दा पनि गठबन्धनका उम्मेदवारलाई कसरी विजय गराउने भन्नेमा ध्यान दिनुपर्छ भन्ने मत छ’, एक नेताले बताएका छन्।
     
    बैठकमा प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले भने यसबारे केही नबोलेको बताइएको छ । नेताहरूले भने २०७४ को चुनाव र वैशाख २०७९ मा भएको स्थानीय चुनावलाई आधार बनाएर सिट बाँडफाँट गर्नुपर्ने धारणा राखेका थिए ।
     
    बैठकले साउन ३० र ३१ गते स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिले गरेको निर्णय अनुसार भाद्र २ देखि २४ गतेसम्म देशव्यापी विशेष अभियानमा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय भएको छ ।
     


    सोमवार, श्रावण २३ २०७९०१:४१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij