Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

एमालेले चोलेन्द्रलाई बचाउन खोजिरहेको छ : माओवादी केन्द्र

एमालेले चोलेन्द्रलाई बचाउन खोजिरहेको छ : माओवादी केन्द्र

  • आइतवार, श्रावण २२ २०७९

  • 590
    SHARES

  • एमालेले चोलेन्द्रलाई बचाउन खोजिरहेको छ : माओवादी केन्द्र
    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोगका सम्बन्धमा प्रस्ट नबोलेको भन्दै प्रमुख विपक्षी नेकपा एमालेमाथि प्रश्न उठाएको छ ।
     
    माओवादी केन्द्रका सांसद हरिबोल गजुरेल एमालेले प्रस्ट नबोलेर एमालेले जबरालाई बचाउन खोजेको आरोप लगाउनुभयो । 
     
    ‘जनताले बुझिसके, चोलेन्द्रलाई छिटो भन्दा छिटो बिदा गरौं भनिरहेका छन् । यहाँ सदनमा दलगत रुपमा विभाजित हुने, यस्तो कुरामा पनि जिब्रो चपाउने ?’ प्रतिनिधि सभामा महाअभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, ‘प्रतिपक्ष आज जिब्रो चपाएर बोलिरहेको छ । प्रतिपक्ष चोलेन्द्रलाई जोगाउन चाहिरहेको छ । सिधै बोल्दा जनताले बुझ्लान् भनेर जिब्रो चपाएर बोलिरहेको छ ।’
     
    माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले महाअभियोग प्रस्तावमाथिको छलफल अगाडि बढाउनमा ढिलाइ भएको स्वीकार गर्नुभएको छ । ढिला हुनुको कारण खोतल्न आवश्यक नरहेको, ढिला हुनुको कारणबारे सबै जानकार रहेको भन्दै उहाँले ढिलो भए पनि राम्रो हुनुको स्वागत गरिनुपर्नेमा जोड दिनुभयो । 
     
    तर, महाअभियोग पास गराउनका लागि प्रमुख प्रतिपक्षको पनि साथ आवश्यक रहेको भन्दै उहाँले नैतिक रुपमा जिम्मेवार बन्न एमालेलाई आग्रह गर्नुभयो। ‘जब प्रधानन्यायाधीश भ्रष्टाचारमा मुछिन्छन्, संवैधानिक परिषद् जस्तो अध्यादेशबारे परेको मुद्दाबारे समयमै फैसला नगरेर कार्यपालिकासँग बार्गेनिङ गर्ने, श्रीमती हत्या जस्तो विषयमा कैद घटाउने यस्ता प्रधानन्यायाधीशलाई हामीले त्यसै छोड्न मिल्छ रु’ प्रमुख प्रतिपक्षी एमालेलाई माओवादी सांसद विशंखेको प्रश्न छ ।


    आइतवार, श्रावण २२ २०७९०३:१७:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij