Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

गोकुल बाँस्कोटाले संसदमै उठाए संघीयतामाथि प्रश्न

गोकुल बाँस्कोटाले संसदमै उठाए संघीयतामाथि प्रश्न

  • आइतवार, श्रावण २२ २०७९

  • 1.1K
    SHARES

  • गोकुल बाँस्कोटाले संसदमै उठाए संघीयतामाथि प्रश्न
    काठमाडौं । सङ्घीय प्रणालीमाथि लगातार प्रश्न उठाइरहेका पूर्वसञ्चारमन्त्री तथा एमाले सांसद गोकुल बाँस्कोटाले संसदमै आफ्नो एजेन्डा प्रवेश गराउनुभएको छ । जनताले प्रदेश सरकारहरू फेला नै नपारेको र यसको प्रभावकारिता शून्य बनेको उहाँले टिप्पणी गर्नुभयो ।
     
    सङ्घीयताको विरोधमा सामाजिक सञ्जालमार्फत आवाज उठाउँदै आएका बाँस्कोटाले पहिलोपटक संसदमा पनि यस विषयमा बोल्नुभएको हो । आज संसद् बैठकमा विशेष समय लिएर बोल्दै उनले आन्दोलनमा माग नै नभएको सङ्घीयता नेपालमा भित्र्याइएको भन्दै आलोचना गर्नुभयो ।
     
    बाँस्कोटाले भन्नुभयो, ‘सङ्घीय सरकारका ३-४ वटा टायरका कुराले जनता आजित भइसकेका छन् । जनताले सङ्घीयता फेला पारेका छैनन् । प्रदेश जनताले फेला पार्दैनन् । स्थानीय तहमा कर्मचारी छैनन् । पुलिसलाई ८-९ सय संसद् र मन्त्रीको सलामी गर्दै ठिक्क छ । जनता असुरक्षित छन् ।’
     
    सङ्घीयताबारे प्रश्न उठाउँदा कान झिकिदिने, आँखा फुटाइदिने धम्की आफूले सुनेको बाँस्कोटाले बताए । तर, सङ्घीयताले जनतालाई कुनै किसिमको राहत र सुशासन दिन नसकेको उहाँको निष्कर्ष छ ।
     
    ‘कुनै आन्दोलनमा नउठेको, आन्दोलनकारीको माग नभएको, ल्याउनेलाई थाहा नभएको, उपभोग गर्नेलाई पनि महसुस नभएको सङ्घीयता कसरी आयो ?’ बाँस्कोटाले प्रश्न गर्नुभयो, ‘सङ्घीय सरकारका टायरमाथि टायरबाट जनताले हविगत व्यहोर्नुपरेको छ । कसैले जिम्मा लिएको छैन ।’


    आइतवार, श्रावण २२ २०७९०२:२४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij