Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कांग्रेस ठुलो र नेतृत्वकर्ता पार्टी भएकाले धेरै सिट पाउनपर्छ : रमेश लेखक

कांग्रेस ठुलो र नेतृत्वकर्ता पार्टी भएकाले धेरै सिट पाउनपर्छ : रमेश लेखक

  • शनिवार, श्रावण २१ २०७९

  • 717
    SHARES

  • कांग्रेस ठुलो र नेतृत्वकर्ता पार्टी भएकाले धेरै सिट पाउनपर्छ : रमेश लेखक

    काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले स्थानीय तहको निर्वाचनमा पार्टीको अवस्था, मत र लोकप्रियताका आधाारमा सिट बाँडफाँट गरिने बताउनुभएको छ ।

    सत्तारुढ पाँचदलीय गठबन्धनबीच आगामी मंसिर ४ मा तय भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा मिलेर जाने समझदारी भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकमा तालेमल गरेर जाने सहमति भएको हो ।

    त्यस्तै भदौको पहिलो हप्तासम्म सिट बाँडफाँडको टुंगो लगाउने पनि समझदारीसँगै सिट बाँडफाँडको टुंगो लगाउन सबै दलको प्रतिनिधित्व हुने गरी ११ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा नेपाली कांग्रेसबाट तीनजना र अन्य दलबाट दुई–दुई जना सदस्य राखिएका छन् ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका लेखकले संघ र प्रदेशको निर्वाचनमा आधाआाधा सिट बाड्दा कांग्रेसलाई ५० प्रतिशत र बाँकी ५० प्रतिशत अरुलाई दिदा कांग्रेसलाई अफ्ठेरो पर्ने बताउनुभयो ।

    काग्रेस देशभरी संगठ भएको पार्टी, गएको निर्वाचनमा सबैभन्दा बढी मत पाएको पार्टी, सबै स्थानबाट मत प्राप्त गरेको पार्टी र अहिलेको सरकारको नेतृत्व गरेको पार्टी भएकाले पनि यी सबै कुरालाई ध्यानमा राखेर कांग्रेसले धेरै सिट दाबी गर्नु स्वभाविक रहेको बताउँदै नेता लेखकले यसमा गठबन्धमा आवद्ध अन्य दलले पनि सहमती जनाउनुपर्ने तर्क गर्नुभयो ।


    शनिवार, श्रावण २१ २०७९०८:१६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij