काठमाडौं । गायिका मेलिना राईले आफ्नो इन्गेजमेन्ट तोडिएको जानकारी गराएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै राईले इन्गेजमेन्ट तोडिएको बताएकी हुन् । उनले यसअघि सञ्जीव बराइलीसँग इन्गेजमेन्ट गरेकी थिइन् ।
स्ट्याटस जस्ताको तस्तै
बिषय इन्गेजमेन्ट तोडिएको जानकारी
केही समय अगाडी मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो ।
समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।
फेरि सबै इन्गेजमेन्टहरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको इन्गेजमेन्ट तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।