काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा.युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसीङलाई सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको स्पष्ट पार्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको तर सरकारले कुनै निर्णय नगरेको बताउनुभएको हो । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफमा मन्त्री खतिवडाले सरकारको निर्णयबारे बताउनुभएको हो ।
कुलमानलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन’, उहाँले जवाफ दिने क्रममा भन्नुभयो ‘तर मन्त्रिपरिषदमा औपचारिक प्रस्ताव पनि आएको छैन । त्यससम्बन्धि छलफल पनि केही भएको होइन ।’