Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आगामी निर्वाचनमा पनि तालमेल गर्ने सत्ता गठबन्धनबीच समझदारी, सिट बाँडफाँटका लागि बन्यो कार्यदल

आगामी निर्वाचनमा पनि तालमेल गर्ने सत्ता गठबन्धनबीच समझदारी, सिट बाँडफाँटका लागि बन्यो कार्यदल

  • शुक्रवार, श्रावण २० २०७९

  • 711
    SHARES

  • आगामी निर्वाचनमा पनि तालमेल गर्ने सत्ता गठबन्धनबीच समझदारी, सिट बाँडफाँटका लागि बन्यो कार्यदल
    काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धन ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा मिलेर जान सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार(आज) बसेको बैठकमा तालमेल गरेर जाने सहमति भएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताउनुभयो । 
     
    त्यस्तै भदौको पहिलो हप्तासम्म सिट बाँडफाँडको टुंगो लगाउने पनि समझदारी भएको छ । त्यस्तै सिट बाँडफाँडको टुंगो लगाउन सबै दलको प्रतिनिधित्व हुने गरी कार्यदलसमेत गठन गरिएको छ । सरकारले बिहीबार मात्रै आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको थियो ।
     
    प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० सिट छन् । गठबन्धनमा ती सबै सिटमा गठबन्धन दलबीच भागबन्डा गर्ने वा केही क्षेत्रमा मात्रै गठबन्धन गर्ने भन्नेबारे सहमति भइसकेको छैन ।
    gathabandhanma-sahamati.jpg


    शुक्रवार, श्रावण २० २०७९१२:४४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij