Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

म्यादी प्रहरीको भर्ना फेरि खुल्ने, स्थानीय चुनावमा खटिएकालाई प्राथमिकता

म्यादी प्रहरीको भर्ना फेरि खुल्ने, स्थानीय चुनावमा खटिएकालाई प्राथमिकता

  • बिहिवार, श्रावण १९ २०७९

  • 1.8K
    SHARES

  • म्यादी प्रहरीको भर्ना फेरि खुल्ने, स्थानीय चुनावमा खटिएकालाई प्राथमिकता
    काठमाडौं । मंसिर ४ गते हुने चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ ।
     
    प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउने भएको हो ।
     
    केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार अब प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि विशेष योजना योजना बन्ने छ भने त्यही अनुसार म्यादी प्रहरीको भर्ना खोलिने छ । 
     
    सुरक्षा योजनालाई केन्द्रीय सुरक्षा समितिले स्वीकृत गरेपछि लागू हुन्छ । चुनावमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहन्छ । म्यादी प्रहरीले प्रहरीको प्रत्यक्ष मातहतमा रहेर काम गर्छ ।
     
    स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । नेपाल प्रहरीले चाहिँ १ लाख १९ हजार म्यादी प्रहरी माग गरेको थियो ।
     
    प्रहरी नायब महानिरीक्षक (डिआइजी) समेत रहनुभएका प्रवक्ता राईले विगतमा स्थानीय तह निर्वाचनमा काम गरेकालाई नै प्राथमिकता दिएर म्यादी प्रहरीको भर्ना गर्ने प्रस्ताव लैजाने बताउनुभयो । उहाँका अनुसार विगतमा झैँ यसपालि पनि पूर्वसुरक्षाकर्मीहरुले पनि प्राथमिकता पाउनेछन् ।


    बिहिवार, श्रावण १९ २०७९०३:२२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij