Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सप्तकोशी ब्यारेजको सबै ढोका खुला गर्न अनेरास्ववियुको माग

सप्तकोशी ब्यारेजको सबै ढोका खुला गर्न अनेरास्ववियुको माग

  • बिहिवार, श्रावण १९ २०७९

  • 728
    SHARES

  • सप्तकोशी ब्यारेजको सबै ढोका खुला गर्न अनेरास्ववियुको माग
    काठमाडौं । एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुले सप्तकोशी ब्यारेजको सबै ढोका खुला गर्न आग्रह गरेको छ । भारतले सबै ढोका नखोलेका कारण कोसी आसपासका खेती योग्य जमिन र मानव बस्ती डुबानमा परेको भन्दै अनेरास्ववियुले विज्ञप्तिमार्फत सबै ढोका खुला गर्न आग्रह गरेको हो । 
     
    ‘कोसी ब्यारेजमा खतराको सङ्केत स्वरूप रातो बत्ती बलिसक्दा पनि भारतले सबै ढोका नखोलेका कारण कोसी आसपासका खेती योग्य जमिन र मानव बस्ती डुबानमा परेको छ’, अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बाढी र डुबानका कारण ठूलो संख्यामा मानिसहरू घरबार विहीन भएका छन्, ठुलो संख्यामा कृषि उपज एवं आर्थिक र भौतिक संरचनामा क्षति पुगेको छ । पीडित नागरिकहरू यातायात, विद्युत, खानेपानी जस्ता अत्यावश्यक वस्तु तथा सेवाको उपभोग गर्न वञ्चित भएका छन् । प्राकृतिक प्रकोपलाई न्यूनीकरण गर्न सकिने विकल्प हुँदाहुँदै पनि त्यसतर्फ गम्भीर नहुने सरकारी उदासीनताका कारण पनि दिन प्रति दिन ठूलो मात्रामा क्षति हुँदैछ, सरकारले कूटनीतिक पहल मार्फत कोसी ब्यारेजका सबै ढोकाहरू खुलाउन आवश्यक पहल यथाशीघ्र गरोस् ।’
     
    कोसीको बाढीबाट हुने सम्भावित क्षतिलाई नियन्त्रण गर्न गोता खोरसहितको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तयारी अवस्थामा राख्न आग्रह पनि अनेरास्ववियुले गरेको छ ।


    बिहिवार, श्रावण १९ २०७९०२:४७:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij