काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले उर्जा क्षेत्रको प्रवर्द्धनका लागि २३ अर्ब ८८ करोड रुपैयाँ सहुलियतपूर्ण क्षण दिने भएको छ । विद्युत् प्रसारण र वितरण प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयनका लागि एडीबीले उक्त सहुलियपूर्ण ऋण दिनएको हो ।
सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र एडीबीका देशीय निर्देशक मुख्तार खामुदखानोभले हस्ताक्षर गरेका छन् ।
यस्तै परियोजनासम्बन्धी सम्झौतामा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र एडीबीका निर्देशक मुख्तारले हस्ताक्षर गरेका छन् ।
परियोजनाले ४०० किलोभोल्टमा प्रसारण लाइनको पूर्ण सञ्चालन गर्न र भारतसँग सीमापार बिजुली आदान–प्रदान गर्न सब–स्टेसन अपग्रेड गर्नेछ । परियोजनाले प्रदेश २ को गुणस्तर विद्युत् आपूर्तिका लागि पनि सहयोग गर्नेछ ।