Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पानीको सतह बढ्न थालेपछि गण्डक बाँधका सबै ढोका खोलियो

पानीको सतह बढ्न थालेपछि गण्डक बाँधका सबै ढोका खोलियो

  • मंगलवार, श्रावण १७ २०७९

  • 846
    SHARES

  • पानीको सतह बढ्न थालेपछि गण्डक बाँधका सबै ढोका खोलियो
    काठमाडौं । अविरल वर्षापछि आएको बाढीले नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि गण्डक बाँँधका सबै ३६ वटै ढोका (फाटक) खोलिएको छ।
     
    दुई दिनदेखि परेको लगातारको वर्षाका कारण पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधको ढोका खोलिएको हो।
     
    देवघाटस्थित जलमापन केन्द्रले नारायणी नदीको पानीका सतह खतरा नजिक पुगेको जनाएपछि तल्लो क्षेत्र (तटीय क्षेत्र( मा समेत खतरा बढ्न सक्ने भन्दै भारतले ढोका खोलेको हो।
     
    गण्डक बाँधको ढोकाको चाबी सधैं भारतले राख्ने गरेको छ।
     
    पानीको सतह बढेर खतरा बढ्न थालेपछि भारतले यसरी नै ढोका खोलिदिने गरेको छ।
     
    ढोका नखोले नवलपरासीका ४० बढी गाउँ डुबानमा पर्छन्। नारायणी नदीमाथि निर्माण गरिएको ब्यारेजले पूर्वी नवलपरासीको त्रिवेणी र भारतको बिहार प्रदेशस्थित भैंसालोटन जोडेको छ।
     
    गण्डक बाँधको क्षमता प्रतिसेकेण्ड साढे ८ लाख क्युसेक बेगको पानी धान्ने रहे पनि पुरानो बाँध भएका कारण संरचनाहरू जीर्ण हुँदा अहिले ब्यारेजले साढे ४ लाख क्यूसेकभन्दा बढी पानी धान्न सक्दैन।
     
    भूआर्जन तथा जनसम्पर्क कार्यालय भैंसालोटनका भूआर्जन अधिकारी अमित खड्काका अनुसार बाँधमा ३ लाख ६७ हजार पुगेपछि खतराको लेबल मानिने गरेकोमा मंगलबार २ लाख ९७ हजार प्रति सेकेण्डको बेगले पानी बगेको छ।
     
    पानी परिरहेकाले कुनै पनि समय खतरा नजिक पुग्न सक्ने खड्काले बताउनुभएको छ ।
     
    यसैबीच पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
     
    सम्भावित जोखिममा पर्न सक्ने स्थानीयहरूको व्यवस्थापन र उद्धारका लागि सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । 


    मंगलवार, श्रावण १७ २०७९०३:३९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij