Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बाढी, पहिरोका घटनामा उद्धार र राहतमा जुट्न गृहमन्त्री खाँणको निर्देशन

बाढी, पहिरोका घटनामा उद्धार र राहतमा जुट्न गृहमन्त्री खाँणको निर्देशन

  • मंगलवार, श्रावण १७ २०७९

  • 462
    SHARES

  • बाढी, पहिरोका घटनामा उद्धार र राहतमा जुट्न गृहमन्त्री खाँणको निर्देशन
    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मुलुकका विभिन्न स्थानमा गएको बाढी र पहिरोले पुर्‍याएको क्षति तथा राहत र उद्धारबारे भइरहेका कामबारे सम्बन्धित निकायसँग जानकारी लिनुभएको छ ।
     
    गृहमन्त्री खाँणले मालिका गाउँपालिका–२ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा गएको पहिरोले पुर्‍याएको सडक अवरोध र चितवनकै इच्छाकामनामा गएको पहिरोबाट भएको क्षति उद्धार र राहत र सडक खुलाउन भइरहेको प्रयासबारे जानकारी लिनुभएको हो । 
     
    नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख नायब महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरनजीवी राना, चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, म्याग्दीका प्रहरी प्रमुख नायब उपरीक्षक तिलक भारतीलगायतलाई टेलिफोन गरेर घटनाबारे उहाँले जानकारी लिनुभएको छ ।  
     
    गयराति म्याग्दीको मालिका गाउँपालिका–२ रुममा माथिबाट झरेको पहिरोले घामबहादुर बि.क.सहित दुई जनाको घर बगाउँदा बि.क. उनकी श्रीमती, दुई छोरा र एक छोरीसहित ७ जना बेपत्ता भएका थिए । ती मध्य दुई जनाको घाइते अवस्थामा उद्धार गरिएको, दुई जनाको शव फेला परेको र बाँकी अझै बेपत्ता रहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी रानाले जानकारी दिनुभयो । 
    पहिरो गएको स्थान सदरमुकामबाट साढे तीन घण्टा पैदल दूरीमा पर्ने विकट स्थानमा रहेको उहाँले बताउनुभयो। घाइतेलाई उद्धार गर्ने र बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको उहाँको भनाइ छ । 
     
     


    मंगलवार, श्रावण १७ २०७९१२:२८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij