Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सेयर : ५४ अङ्कले बढेको बजारमा ४ अर्ब ६० करोडको कारोबार

सेयर : ५४ अङ्कले बढेको बजारमा ४ अर्ब ६० करोडको कारोबार

  • आइतवार, श्रावण १५ २०७९

  • 624
    SHARES

  • सेयर : ५४ अङ्कले बढेको बजारमा ४ अर्ब ६० करोडको कारोबार
    काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा उत्साह देखिएको छ । साताको पहिलो कारोबारको दिन आइतबार नै ५४ अङ्कले बढेको नेप्सेमा ४ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 
     
    नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५४.५८ अङ्कले बढ्दै २१ सय ९५.१० अङ्कमा उक्लिएको हो । यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ९.७२ अङ्कले बढ्दै ४१९.२० अङ्कमा उक्लिएको नेप्सेले जनाएको छ । 
     
    १३ वटा उपसूचक मध्ये आज फाइन्स बाहेक सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको उपसूचक आज ४.५१ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक १.६ प्रतिशतले घटेको छ । 
     
    यस्तै इन्भेस्टमेन्ट समूहको उपसूचक ४.७६ प्रतिशतले, जीवन बीमा समूहको उपसूचक ४.१६ अङ्कले, ट्रेडिङ समूहको उपसूचक ३.६२ प्रतिशतले, अन्य समूहको उपसूचक ३.२६ प्रतिशतले, बैङ्किङ समूह २.९२ प्रतिशतले, होटेल तथा पर्यटन समूह २.७ प्रतिशतले बढेका छन् । 
     
    उच्च अङ्कले बढेको बजारमा आज ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई दर्जन भन्दा बढी कम्पनीको मूल्यमा ६ प्रतिशत माथिले वृद्धि भएको छ ।


    आइतवार, श्रावण १५ २०७९०३:४१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij