Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

सङ्घीयता खारेजीको माग गर्दै पोखरामा राप्रपाको प्रदर्शन

सङ्घीयता खारेजीको माग गर्दै पोखरामा राप्रपाको प्रदर्शन

  • शनिवार, श्रावण १४ २०७९

  • 481
    SHARES

  • सङ्घीयता खारेजीको माग गर्दै पोखरामा राप्रपाको प्रदर्शन
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सङ्घीयता खारेजीको माग गर्दै पोखराको पृथ्वीचोकमा विरोध प्रदर्शन गरेका छन् । नागरिकता विधेयक, एमसीसी र सङ्घीयता खारेजीलगायत २२ बुँदे माग राख्दै राप्रपाले पृथ्वीचोकमा १० मिनेट चक्काजाम समेत गर्‍यो ।
     
    यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागू नभएको र त्यसकै लागि पुनः सडकमा उत्रनु परेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिनुभयो । 
     
    चक्काजामअघि आयोजित कोणसभामा बोल्दै राप्रपाको गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङले नागरिकता विधेयक खारेज नभए नेपालको राष्ट्रियतामा खतरा पर्ने दाबी गर्नुभएको छ । 
     
    राप्रपाले असार १ गते महँगी नियन्त्रण, किसानलाई समयमै मल, राष्ट्रियताको संरक्षण, सङ्घीयता खारेजी लगायत माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको थियो । उक्त ज्ञापनपत्र बेवास्ता गरेको भन्दै रापप्राले यसअघि असार १७ गते देशैभरि राँके जुलुससमेत गरेको थियो ।


    शनिवार, श्रावण १४ २०७९०५:१८:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij