काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल एमालेले अनावश्यक लफडा निकाले पनि पूर्व अर्थमन्त्री निर्दोष सावित भएको बताउनुभएको छ ।
काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उहाँले नखाएको विष नलाग्ने भन्दै अर्थमन्त्री र अर्थमन्त्रालयले कुनै गल्ती नगरेका कारण छानविन समितिले निर्दोष सावित गरेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो- ‘करको दर हेरफेर गरेको आरोप लगाएर कारबाही गर्नुपर्छ भनेर धेरै प्रचारबाजी गरियो । मैले नै अध्यक्षको हैसियतले खाएको विष पो लाग्छ नखाएको लाग्दैन नि भनेर संसदीय छानविन समिति नै सही भनेर छानविन समिति बनाउन भनेँ । समितिले आवश्यक पर्ने समय पनि लियो । ७ दिन समय पनि थपियो, आज समितिले प्रतिवेदन बुझायो, उहाँ निर्दोष सावित हुनुभएको छ, केही प्रमाण छैन, निर्दोष रहेको प्रमाणित भयो । अर्थमन्त्री र अर्थमन्त्रालयको कुनै गल्ती भएको छैन भन्ने छानविन समितिको रिपोर्ट आएको छ ।’
प्रचण्डले यी विषयहरूलाई जनताको बीचमा लैजान आग्रह गर्नुभयो।