Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

बर्षमान पुनको दाबी : क्लिन चिट पाएपछि अर्थमन्त्रीमा जनार्दन शर्माकै हक लाग्छ !

बर्षमान पुनको दाबी : क्लिन चिट पाएपछि अर्थमन्त्रीमा जनार्दन शर्माकै हक लाग्छ !

  • शुक्रवार, श्रावण १३ २०७९

  • 911
    SHARES

  • बर्षमान पुनको दाबी : क्लिन चिट पाएपछि अर्थमन्त्रीमा जनार्दन शर्माकै हक लाग्छ !
    काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थमन्त्रीमा जनार्दन शर्माकै हक लाग्ने बताउनुभएको छ । 
     
    शुक्रबार प्रतिनिधिसभा भवन बानेश्वरमा पत्रकारहरूसँग कुराकानीमा गर्दै नेता पुनले संसदीय छानबिन समितिले निर्दोष ठहर गरेपछि अर्थमन्त्रीका लागि पार्टीमा शर्मा बाहेक अरूको विकल्प नखोजिएको बताउनुभयो ।  
     
    छानबिनका लागि सघाउन अर्थमन्त्रीबाट राजीनामा दिएका कारण अहिले निर्दोष साबित भएपछि उनी नै अर्थमन्त्रीमा फर्कनुपर्ने आफ्नो धारणा रहेको बताउनुभयो ।  उहाँले बरु आफू पुनः मन्त्री बन्ने वा नबन्ने भन्ने कुरा शर्माले सार्वजनिक नगरेको बताउनुभयो । 
     
    यसबारे पार्टीमा पनि थप छलफल हुने नेता पुनको भनाई छ । बजेट निर्माणका क्रममा करको दरमा हेरफेर गरेको भन्ने प्रमुख प्रतिपक्षी दलको आरोप पछि छानबिनका लागि शर्माले राजीनामा दिनुभएको थियो । संसदीय छानबिन समितिले उहाँलाई निर्दोष साबित गरेको  छ ।


    शुक्रवार, श्रावण १३ २०७९०३:४७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij