Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सरकारले एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई पठायो 

सरकारले एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई पठायो 

  • शुक्रवार, श्रावण १३ २०७९

  • 701
    SHARES

  • सरकारले एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई पठायो 
    काटमाडौं । सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले ९ साउनमा अमेरिकालाई लिखित जानकारी गराएको संसद्लाई जानकारी दिनुभयो । 
     
    मन्त्रिपरिषद्को ६ असार २०७९ को बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो । तर, अमेरिकालाई औपचारिक पत्र नपठाएको भन्दै सरकारको आलोचना भएको थियो ।
     
    शुक्रबार संसदमा परराष्ट्रमन्त्री खड्काले भन्नुभयो, ‘कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको सम्मानित सदनमा जानकारी गराउन चाहन्छु । आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको हो ।’
     
    पत्राचार गर्न ढिला गरेको भन्दै कतिपयले संसयसमेत व्यक्त गरेको भन्दै उहाँले भन्नुभयो, ‘यसमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट थियो र छ ।’ स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति सञ्चालनका लागि सरकारसक्षम रहेको मन्त्री खड्काले बताउनुभयो । 


    शुक्रवार, श्रावण १३ २०७९०१:२७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij