काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले परराष्ट्र नीति सत्ताका लागि नभएर मुलुकको हितमा प्रयोग गर्नुपर्ने बताउनु भएको छ ।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. लोहनीले भन्नुभयो, नेपालको परराष्ट्र नीति परीक्षाको घडीमा छ ।
“विश्व अमेरिका र चीनको ध्रुवमा जान लागेको छ । दुई ध्रुवबीचको सन्तुलन राखेर जानुपर्ने नेपालको भूराजनीतिक परिस्थिति छ । अब परराष्ट्र नीति मुलुकको हितमा प्रयोग हुन्छ कि फगत सत्ताका लागि ? नेपालको हितमा प्रयोग गर्न सक्ने क्षमता अहिलेको सरकारसँग देखिएको छैन ।”उहाँको तर्क छ ।
एसपीपीमा अमेरिकालाई पत्र लेख्न समय लगाउनु आश्चर्यको विषय भएको पनि डा. लोहनीको टिप्पणी छ । अमेरिकाले एसपीपीमा दबाब दिँदैनौं भनेपछि नेपाल सरकारले पत्र लेख्न किन समय लगायो ? भाङ खाएर निर्णय गरेको त होइन होला नि ?”
अर्को प्रसंगमा डा. लोहनीले नागरिकता विधेयकमा वैवाहिक अंगीकृतका विषय विवादित भएको पनि औंल्याउनु भएको छ ।