Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

अभिनेत्री मिरुना मगरविरुद्ध काठमाडौं जिल्ला अदालतमा उजुरी

अभिनेत्री मिरुना मगरविरुद्ध काठमाडौं जिल्ला अदालतमा उजुरी

  • बिहिवार, श्रावण १२ २०७९

  • 1.1K
    SHARES

  • अभिनेत्री मिरुना मगरविरुद्ध काठमाडौं जिल्ला अदालतमा उजुरी
    काठमाडौं । अभिनेत्री मिरुना मगरविरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता भएको छ । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले  काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् ।
     
    तामाङले मिरुनाको अलवा फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध समेत मुद्दा हालेका छन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले अभिनेत्री मगर र प्राविधिक ठकुरी विरुद्ध मुद्दा दर्ता भएको जानकारी दिनुभयो । 
     
    तामाङले आफूमाथि भएको गाली बेइज्जती र कुटपिट सम्बन्धमा माफी माग्ने सवालमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको उजुरीमा उल्लेख गरेको सूचना अधिकारी दाहालको भनाइ छ । 
     
    गत जेठ काठमाडौंको सिभिल मलस्थित एक कफी सपमा ‘कबड्डी ४’ फिल्मको प्रचारका लागि पुगेकी मिरुनाले आफूलाई फुर्वाले दुर्व्यवहार गरेको भन्दै थप्पड हानेर प्रहरीमा बुझाएकी थिइन् । यो विषयले बौद्ध समुदाय फिल्म विरुद्ध प्रदर्शनमा उत्रिएको थियो । त्यतिबेला यो विवाद दुवै पक्षको सहमतिमा मिलाएको भनिएपनि फेरि बल्झिएको हो ।
     


    बिहिवार, श्रावण १२ २०७९०१:४२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij