Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सीटीईभीटीले माग्यो प्रि-डिप्लोमा तहमा छात्रवृत्ति आवेदन (सूचनासहित)

सीटीईभीटीले माग्यो प्रि-डिप्लोमा तहमा छात्रवृत्ति आवेदन (सूचनासहित)

  • बिहिवार, श्रावण १२ २०७९

  • 817
    SHARES

  • सीटीईभीटीले माग्यो प्रि-डिप्लोमा तहमा छात्रवृत्ति आवेदन (सूचनासहित)
    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७९-८० का लागि प्रि-डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा आवेदन माग गरेको छ ।
     
    सीटीईभीटीले प्रि-डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा एक हजार ८१४ कोटाको प्रवेश परीक्षाका लागि आवेदन माग गरेको हो ।
     
    शैक्षिक सत्र २०७९-०८० मा ‘प्रि-डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७९’ बमोजिम परिषद्बाट सञ्चालन सम्बन्धन–स्वीकृति प्राप्त आङ्गिक, साझेदारी, टेक्स तथा निजी शिक्षालयहरूमा निर्धारण गरिएका वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा भर्नाका लागि आवेदन माग गरेको हो ।
     
    इच्छुक विद्यार्थीले साउन २९ गतेभित्र न्यूनतम योग्यता पुगेका आवेदकहरूले अनलाइनबाट प्रवेश परीक्षा शुल्क तिरी अध्ययन गर्ने शिक्षालयहरू प्राथमिकीकरण र परीक्षा केन्द्रको जिल्ला छनोट गरी फारम भर्न सूचित गरेको छ ।
     
    निर्देशिका अनुसार प्रत्येक शैक्षिक संस्थामा अध्यापन गराउने २० स्वीकृत कोटा पाएको शिक्षण संस्थाले प्रत्येक शैक्षिक कार्यक्रममा एक, ३० सिट पाएकाले प्रत्येक शैक्षिक कार्यक्रममा दुई, ४० पाएकाले तीन र ४८ सिट पाएका शैक्षिक संस्थाले हरेक कार्यक्रमका लागि ४ सिट छात्रवृत्तिका लागि छुट्याउनु पर्नेछ ।
     
    सूचना !
    ctevt-pree-diploma.jpg


    बिहिवार, श्रावण १२ २०७९०१:३७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij