Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रेस स्वतन्त्रताले नागरिकको हक अधिकारको पूर्ण सुनिश्चितता हुन्छ : देउवा

प्रेस स्वतन्त्रताले नागरिकको हक अधिकारको पूर्ण सुनिश्चितता हुन्छ : देउवा

  • बुधवार, श्रावण ११ २०७९

  • 637
    SHARES

  • प्रेस स्वतन्त्रताले नागरिकको हक अधिकारको पूर्ण सुनिश्चितता हुन्छ :  देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई सत्यतथ्य सूचना सम्प्रेषण गरे मात्र लोकतन्त्र संस्थागत हुने बताउनु भएको छ ।

    बुधबार काठमाडौंमा राष्ट्रिय समाचार समितिको नवनिर्मित कार्यालय भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनु भएको हो।
    उहाँले सत्यतथ्य सूचना प्रसारण गर्न सके मात्र लोकतन्त्र संस्थागत हुने बताउनुभयो ।

    प्रधानमन्त्री देउवाले नागरिकको सूचनाको हक निश्चित गर्न सञ्चारमाध्यमलाई थप चुस्त बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
    प्रधानमन्त्री देउवाले नागरिकलाई शिक्षित र सुसूचित गर्ने गरेर सञ्चारमाध्यमहरुले सत्यतथ्य सूचना प्रसारण गर्न जरुरी रहेको पनि बताउनु भएको छ ।

    उहाँले तथ्यहीन, भ्रामक द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकमा भ्रम सिर्जना हुने र पत्रकारिताको मूल मर्ममा पनि प्रहार हुने भएकोले स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

    ’विश्वमा सूचना तथा प्रविधिको द्रुत गतिमा भइरहेको विकासका सन्दर्भमा हामीले पनि हाम्रा सञ्चारमाध्यमहरूलाई समय सुहाउँदो रुपमा थप परिमार्जित गर्दै लैजानुपर्नेछ। जतिसक्दो सहज र आधुनिक माध्यमबाट नागरिकलाई सत्यतथ्य सूचना प्रकाशन गर्न सकेमात्र लोकतन्त्र संस्थागत हुन्छ’, प्रधानमन्त्री देउवाले भने, ’नागरिकको सूचनाको हकलाई निश्चित गर्न सञ्चारमाध्यमलाई थप चुस्त बनाउन आवश्यक छ। नागरिक जति सुसूचित हुन्छन् सरकार त्यति नै जवाफदेही बन्न बाध्य हुन्छ।’

    प्रधानमन्त्री देउवाले समाचार सम्प्रेषण जस्तो संवेदनशील विषयमा सबैले जिम्मेवार भएर काम गर्न जरुरी रहेको भन्दै वर्तमान सरकार नागरिकताको सूचनाको अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रताबाट मात्रै नागरिकको हक अधिकारको पूर्ण सुनिश्चितता हुने जिकिर गर्नुभयो ।

     


    बुधवार, श्रावण ११ २०७९०१:०८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij