Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

गृह मन्त्रालयको निर्देशन : सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्नु 

गृह मन्त्रालयको निर्देशन : सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्नु 

  • मंगलवार, श्रावण १० २०७९

  • 726
    SHARES

  • गृह मन्त्रालयको निर्देशन : सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्नु 
    काठमाडौं । गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ । मंगलबार(आज) गृह सचिवस्तरको निर्णयबाट मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न निर्देशन भएको हो । 
     
    मन्त्रालयले तीन महिनासम्म गृहको सीसीटीभी फुटेज सुरक्षित रहने पनि स्पष्ट पारेको छ । मन्त्रालयले सिंहदरबार क्षेत्रको सीसीटीभी व्यवस्थापन सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय सचिवालयले व्यवस्थापन गर्ने जनाएको छ । 
     
    सिंहदरबारभित्रको सीसीटीभीको निरीक्षण÷अनुगमन नेपाल प्रहरीको सिंहदरबार भित्र रहेको ‘सिंहदरबार सुरक्षा गण’ले गर्ने पनि मन्त्रालयले प्रष्ट पारेको छ ।
     
    सीसीटीभीसम्बन्धी कार्यविधिमा सार्वजनिक कार्यालयका सीसीटीभी फुटेज तीन महिनासम्म सुरक्षित राख्नुपर्ने व्यवस्था छ । तर, पछिल्लो समय अर्थ मन्त्रालयले १३ दिन मात्र सीसीटीभी फुटेज सुरक्षित रहने बताएपछि गृह मन्त्रालयले निर्देशन नै दिएको हो ।
     


    मंगलवार, श्रावण १० २०७९०५:४२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij