Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सिंहदरबार गेटको  सीसीटीभी फुटेज मेटिसकेको गृहको जवाफ, छानबिन समिति हेरेको हेरेई

सिंहदरबार गेटको  सीसीटीभी फुटेज मेटिसकेको गृहको जवाफ, छानबिन समिति हेरेको हेरेई

  • मंगलवार, श्रावण १० २०७९

  • 2.3K
    SHARES

  • सिंहदरबार गेटको  सीसीटीभी फुटेज मेटिसकेको गृहको जवाफ, छानबिन समिति हेरेको हेरेई
    काठमाडौं । गृहमन्त्रालयले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको प्रकरणमा संसदीय छानबिन विशेष समितिले माग गरेको सिंहदरबार गेटको सीसीटीभी फुटेज मेटिएको जवाफ दिएको छ। 
     
    छानबिन समितिले सिंहदरबारको दुवै तर्फको गेटको सीसीटीभी फुटेज माग गरेको थियो। जेठ १४ गतेदेखि भोलिपल्टसम्मको फुटेज माग गरिएकोमा गृहमन्त्रालयले उक्त फुटेज नभएको जवाफ दिएको छानबिन समितिका एक सदस्यले बताए। 
     
    मन्त्रालयले १६ दिन अवधिकोभन्दा धेरै फुटेज नभएको भन्ने जवाफ दिएको छ। यसअघि अर्थमन्त्रालयभित्रको सीसीटीभी फुटेज भने समितिले पाएको छ। 
     
    तर, उक्त फुटेज भने क्लियर नभएको पाइएको छ। यसअघि मेटाइएको भनिएको सीसीटीभी फुटेज मन्त्रालयमा रहेको हार्डडिस्कबाट रिकभर गरिएको हो। 
     
    बजेटमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसदीय छानबिन विशेष समिति गठन गर्नुभएको थियो। असार २२ गते समिति गठन भएपछि सदनमा सम्बोधन गर्दै निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको थियो।


    मंगलवार, श्रावण १० २०७९०३:३७:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij