Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्री प्रकरण : प्रहरी प्रयोगशालाले समितिलाई बुझायो सिसिटिभी फुटेजको रिपोर्ट

अर्थमन्त्री प्रकरण : प्रहरी प्रयोगशालाले समितिलाई बुझायो सिसिटिभी फुटेजको रिपोर्ट

  • सोमवार, श्रावण ९ २०७९

  • 1.1K
    SHARES

  • अर्थमन्त्री प्रकरण : प्रहरी प्रयोगशालाले समितिलाई बुझायो सिसिटिभी फुटेजको रिपोर्ट
    काठमाडौं । नेपाल प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको विवरण संसदीय छानबिन विशेष समितिलाई बुझाएको छ।
     
    प्रयोगशालाले बुझाएको विवरणबारे समितिको मंगलबारको बैठकमा छलफल हुने सदस्य सीताराम महतोले जानकारी दिनुभयो । 
     
    बजेट निर्माण प्रकरणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा निर्क्योलका लागि मन्त्रालयको सिसिटिभी फुटेज छानबिनका लागि प्रहरीको प्रयोगशालामा पठाइएको थियो।
     
    सिसिटिभीमा १३ दिनसम्मको मात्रै भिडिओ रहने क्षमता रहेको दाबी मन्त्रालयले गरेको थियो। यस विषयमा समितिले पूर्व अर्थमन्त्री शर्माको बयान लिँदा आफू जानकार नरहेको भन्दै विज्ञसँग परामर्श गर्न भन्नुभएको थियो ।  
     
    मन्त्रालयको सिसिटिभी फुटेजबाट अनधिकृत व्यक्तिको प्रवेश निर्क्योलको सम्भावना नरहेको देखेपछि छानबिन समितिले सिंहदरबार प्रवेशद्वारकै फुटेज मगाएको छ। आइतबार बसेको समिति बैठकले पूर्वी र दक्षिणी प्रवेशद्वारका सिसिटिभी फुटेज मगाएको हो।
     
    शर्मामाथि आर्थिक वर्ष २०७९-८० को बजेट बनाउँदा अनधिकृत व्यक्तिमार्फत राजश्वका दर हेरफेर गरेको आरोप लागेको छ। त्यस प्रकरणमा छानबिनका लागि संसदीय विशेष समिति गठन भएको हो।
     
    समितिलाई पहिलो पटक अनुसन्धानका निम्ति १० दिनको समय थियो। त्यसअवधिमा अनुसन्धान प्रक्रिया नटुङ्गिएपछि ५ साउनमा समितिको म्याद थप गरिएको थियो। थपिएको साता दिनभित्र अनुसन्धानलाई पूर्णता दिने तयारी रहेको छ।


    सोमवार, श्रावण ९ २०७९०४:२५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij