Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सरकारकै कारण कोरोना संक्रमण बढेको प्रतिपक्षी कांग्रेसको निष्कर्ष

सरकारकै कारण कोरोना संक्रमण बढेको प्रतिपक्षी कांग्रेसको निष्कर्ष

  • बुधवार, भाद्र १० २०७७

  • 955
    SHARES

  • सरकारकै कारण कोरोना संक्रमण बढेको प्रतिपक्षी कांग्रेसको निष्कर्ष

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत नीतिका कारण कोरोना भाइरसको संक्रमण बढेको ठहर गरेको छ ।

    पार्टीका सहमहामन्त्री तथा कोभिड १९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले आज एक प्रेस नोटमार्फत सरकारले लकडाउन गर्ने, खोल्ने र फेरि बन्द गर्नेबाहेक कुनै काम नगरेको बताउनुभएको छ ।

    कोरोना संक्रमण रोक्ने र लकडाउनका कारण परेका आर्थिक–सामाजिक असरहरुलाई कम गर्न कुनै ठोस योजना ल्याउन नसकेको दावी उहाँले गर्नुभएकोे छ ।

    पार्टीले कोरोना संक्रमण रोक्ने उपाय र यसबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न सरकारले चाल्नु पर्ने कदमहरुका बारेमा निरन्तर खबरदारी गर्दै आए पनि सरकारबाट सुनुवाइ हुन नसकेको उहाँको गुनासो छ ।

    ‘आज सरकारकै अकर्मण्यता र संवेदनहीनताका कारण संक्रमण नियन्त्रणभन्दा बाहिर गएको र नागरिक जीवन अत्यन्त संकटमा परेको छ’, प्रेस नोटमा भनिएको छ ।

    कांग्रेसले कोरोना नियन्त्रणमा सरकारले ठोस कदम चाल्नुपर्ने, निजी अस्पतालहरुलाई कोरोना अस्पताल घोषणा गर्नुपर्ने, स्वास्थ्यकर्मीहरुलाई बीमाको व्यवस्था तत्काल कार्यान्वयन गर्दै जोखिम भत्ताको व्यवस्था गर्नुपर्ने तथा विदेशमा अलपत्र परेका श्रमिकहरुलाई तत्काल नियमित उडानमा स्वदेश फर्काउनुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

     


    बुधवार, भाद्र १० २०७७०२:३६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij