Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

जनार्दन शर्मालाई चोख्याएर पुनः अर्थमन्त्री बनाउने प्रपञ्च गरिदैँछ : आनन्दप्रसाद पोखरेल

जनार्दन शर्मालाई चोख्याएर पुनः अर्थमन्त्री बनाउने प्रपञ्च गरिदैँछ : आनन्दप्रसाद पोखरेल

  • सोमवार, श्रावण ९ २०७९

  • 632
    SHARES

  • जनार्दन शर्मालाई चोख्याएर पुनः अर्थमन्त्री बनाउने प्रपञ्च गरिदैँछ : आनन्दप्रसाद पोखरेल

    काठमाडौं । नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले आलोपालो प्रधानमन्त्रीका लागि कांग्रेस र एमालेसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बार्गेनिङ गरेको बताउनुभएको छ ।

    नेपाली कांग्रेसलाई कमजोर बनाउने गरी एमालेबाहेकको ‘लेफ्ट फोर्स’ नबन्ने समेत उहाँको भनाइ छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पोखरेलले अहिलेको पाँच दलीय गठबन्धन प्रचण्ड, माधव नेपाल र शेरबहादुर देउवाले नभइ पश्चिम र दक्षिणले बनाइदिएको आरोप लगाउनुभयो ।

    नेकपा एमालेले माओवादीसँगको गठबन्धन परिकल्पना समेत नगरेको नेता पोखरेलको दाबी छ । वरिष्ठता मिचेर देउवा र प्रचण्डको अंगरक्षक एसएसपीमा बढुवा भएको आरोप लगाउँदै नेता पोखरेलले देउवा मुलुककै नालायक प्रधानमन्त्री भएको दाबी गर्नुभयो ।

    जनार्दन शर्मालाई चोख्याएर पुनः अर्थमन्त्री बनाउने प्रपञ्च गरिएको पनि एमाले नेता पोखरेलको भनाइ छ ।

     


    सोमवार, श्रावण ९ २०७९०८:५६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij