काठमाडौं । पूर्वमन्त्री एवम् सांसद सरिता गिरीले आफ्नो पुरानो घर नेपाल सद्भावना पार्टीमा फर्किनुभएको छ ।
शनिबार काठमाडौंमा पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले पार्टीमा स्वागत गरेपछि गिरीले आफू पुरानो घरमा फर्किएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
गिरीले आफूले कहिल्यैपनि नेपाल सद्भावना पार्टी परित्याग नगरेको दाबी गर्नुभयो ।
गिरीले मधेस, नेपाल र सङ्घीयता भन्ने चीज रहेसम्म नेपाल सद्भावना पार्टीको अस्तित्व कायम रहने दाबी गर्नुभयो । उहाँले ढिलै भएपनि नागरिकता विधेयक आएको भन्दै अहिलेपनि नागरिकताको नाममा महिलामाथि विभेद कायमै राखिएकोमा भने गुनासो गर्नुभयो।
त्यस्तै उहाँले आफूहरुकै नेतृत्वमा समतामूलक समाज बन्ने दाबी पनि गर्नुभयो ।
तत्कालीन सरकारले भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा जारी गरेकोमा गिरीले विरोध जनाएपछि जसपाले सांसद पद र पार्टीमा नरहने गरी कारबाही गरेको थियो ।
त्यस यता उहाँ पार्टीविहीन हुनुभएको थियो ।