काठमाडौं । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दैछ । यही वेला सामाजिक सञ्जालमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदमा कुलमान घिसिङलाई निरन्तरता दिइनुपर्ने माग आइरहेको छ । यसका लागि सरकारलार्ई जनस्तरबाट दवाव पनि आइरहेको छ ।
यसैबीच, बैठकले घिसिङको कार्यकाल पुनः चार वर्ष थप गरेको समाचारसमेत बाहिरिइसकेको छ । सामाजिक सञ्जालमा धेरैले कुलमानलाई बधाइसमेत दिइसकेका छन् ।
यद्यपि, विभागीय मन्त्री वर्षमान पुनले भने प्राधिकरणको नेत्तृत्वबारे कुनै निर्णय नभएको बताउनुभएको छ । उर्जामन्त्री पुनका अनुसार यसबारे मन्त्रिपरिषद्मा कुनै प्रस्ताव नै आएको छैन ।