Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

गठबन्धनलाई बलियो बनाएर जानुको विकल्प छैन : बद्री पाण्डे

गठबन्धनलाई बलियो बनाएर जानुको विकल्प छैन : बद्री पाण्डे

  • बिहिवार, श्रावण ५ २०७९

  • 822
    SHARES

  • गठबन्धनलाई बलियो बनाएर जानुको विकल्प छैन : बद्री पाण्डे

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पाँचदलीय गठबन्धनलाई बलियो बनाएर जानुको विकल्प नभएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गदैै उहाँले भन्नुभयो, ‘ हामीले स्थानीय तहको निर्वाचनभन्दा पहिले गठबन्धनमा जानुहुन्न बहस गरेकै हौं । तर पार्टीले गठबन्धनमा जाने निर्णय गरिसकेपछि कतिपय ठाउँमा उहाँहरुको भोट लिएर हामीले जित्यौं, कतिपय ठाउँमा हाम्रो भोट लिएर उहाँहरुले जितिसक्नुभयो । हामीबीच एकप्रकारको सद्भावपूर्ण सम्बन्ध स्थापित भएको छ । अब पनि त्यसलाई प्रभावकारी बनाएर जाऊँ भन्ने कांग्रेसको निर्णय हो ।’

    यस्तै सहमहामन्त्री पाण्डेले कांग्रेस प्रचण्डको पोल्टामा नगएको दाबी गनुभएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाले सरकार बनाउन साथ दिएकाले स्थानीय तहमा सहकार्य गरेको उहाँको भनाइ छ । ‘नेपाली कांग्रेस ठूलो दल पनि बनेको छ । यस अवस्थामा हामीले मिलेर जान खोजेका हौं । यसको अर्थ हामी प्रचण्डको पोल्टामा जाने होइन, प्रचण्डलाई हामीजस्तै बनाउन खोजेका हौं’, उहाँले थप्नुभयो ।

    अमेरिकालाई एसपिपीबारे पत्र पठाउन ढिला गर्न नहुने पनि औंल्याउनुभएको छ ।


    बिहिवार, श्रावण ५ २०७९११:०८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij