Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्री प्रकरण : समाचार लेख्ने पत्रकारहरू बयान दिन  सिंहदरबारमा 

अर्थमन्त्री प्रकरण : समाचार लेख्ने पत्रकारहरू बयान दिन  सिंहदरबारमा 

  • बुधवार, श्रावण ४ २०७९

  • 1.3K
    SHARES

  • अर्थमन्त्री प्रकरण : समाचार लेख्ने पत्रकारहरू बयान दिन  सिंहदरबारमा 
    काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितले आज पनि बयान नसक्ने भएको छ । आज बोलाइएका पूर्वअर्थमन्त्री शर्मा नआएपछि भोलि उहाँको बयान हुने भएको हो ।
     
    संसदीय समितिले शर्मालाई आज बयानका लागि बोलाएको थियो । तर, उहाँ आज उपस्थित नभएपछि भोलि मात्र बयान हुने समितिका एक सदस्यले बताएका छन् ।
     
    आज अर्थमन्त्रीबारे समाचार लेख्ने पत्रकारहरूलाई सोधपुछका लागि बोलाइएको छ । अन्नपूर्ण पोस्टका दुई रिपोर्टर ३ बजे नै बयानका लागि सिंहदरबार आइपुगेका थिए । केही सदस्यहरू आउनै बाँकी छ ।
     
    बैठकमा ढिलाइ भएको र सांसद बैठक चलिरहेकाले पूर्वअर्थमन्त्री शर्मा आज नआउने बताइएको छ । यसैगरी यस प्रकरणका एक प्रमुख पात्र अर्थ मन्त्रालयका पूर्व नायब सुब्बा रघुनाथ घिमिरेको पनि समितिले बयान लिन बाँकी छ । आज अर्थमन्त्रीपछि उनको बयान लिने तयारी गरिएको थियो । अर्थमन्त्री भोलि मात्रै आउने भएपछि रघुनाथलाई पनि भोलि नै डाकिने भएको छ ।
     
    अन्नपूर्ण पोस्टको समाचार अनुसार पूर्वनासु रघुनाथलाई विज्ञ भन्दै अर्थमन्त्रालयमा घुसपैठ गराएर तत्कालीन अर्थमन्त्री शर्माले बजेटमा करका दर हेरफेर गराएको आरोप लागेको छ । 


    बुधवार, श्रावण ४ २०७९०४:३९:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij