Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

नेपाली क्रिकेट टिमका प्रशिक्षक पुवुदुले दिए राजीनामा

नेपाली क्रिकेट टिमका प्रशिक्षक पुवुदुले दिए राजीनामा

  • बुधवार, श्रावण ४ २०७९

  • 680
    SHARES

  • नेपाली क्रिकेट टिमका प्रशिक्षक पुवुदुले दिए राजीनामा

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन् । पुबुदुले नेपाल क्रिकेट सङ्घ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए ।

    राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा पुबुदुले पद छाड्ने घोषणा गरेका हुन् । उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए ।

    राजीनामापत्रमा उनले व्यक्तिगत कारण भनेका छन् । बुधबार पत्रकार सम्मेलन गरी उनले पद छाडेको जानकारी गरेका हुन् । पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए ।

    त्यस समयमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो भने सन् २०१४ मा बङ्गलादेशमा आयोजित टी-२० विश्वकपमा ऐतिहासिक छनोट भएको थियो ।

    गत मंसिर अन्तिममा पुबुदुले पद सम्हाल्दा नेपाली टोली विभाजनको अवस्थामा थियो । क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित चार खेलाडीलाई अनुशासनको कारबाही गरेको थियो । त्यो घटनाले खेलाडीहरु विभाजित थिए ।


    बुधवार, श्रावण ४ २०७९०३:२३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij