Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

ताली नबजाएपछि कार्यकर्तासँग झोक्किए ओली, भने ताली थोरै भएन ?

ताली नबजाएपछि कार्यकर्तासँग झोक्किए ओली, भने ताली थोरै भएन ?

  • बुधवार, श्रावण ४ २०७९

  • 1.5K
    SHARES

  • ताली नबजाएपछि कार्यकर्तासँग झोक्किए ओली, भने ताली थोरै भएन ?
    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफूले बोल्दा ताली नपिटेको भन्दै कार्यकर्तासँग झोक्किनुभएको छ । 
     
    बुधबार एमाले बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमका प्रमुख वक्ता रहेका ओलीले सम्बोधन गर्दा कार्यकर्ताले चर्को ताली नबजाएको भन्दै कार्यकर्ताहरूसँग झोक्किनुभएको हो । 
     
    ‘हामी हाम्रा महान् अभिभाराहरू पुरा गर्न, महान् उद्देश्यमा पुग्ने अभिभारा पुरा गर्न, हाम्रा अगाडिका गम्भीर चुनौतीहरूलाई पराजित गर्नका लागि एमाले एक ढिक्का हुन्छ, एक ढिक्का हुनुपर्छ’ ओलीले यति भनेपछि कार्यक्रममा सहभागीहरू थोरै कार्यकर्ताले ताली बजाएका थिए । त्यो सुनेर ओलीले भन्नुभयो, ‘ताली बजाउनु भो, थोरैले बजाउनु भो ।’ 
     
    अनि फेरि ओलीले पुरानै कुरा दोहोराए । भन्नुभयो, ‘नेकपा एमाले एक ढिक्का भएर उभिन्छ, एक ढिक्का भएर अगाडि बढ्छ, एक ढिक्का भएर बाधा व्यवधानसँग जुध्दै विजय हासिल गर्छ । यसमा हामी सबै प्रतिबद्ध छौ नि होइन ?’ ओलीले यति भनेपछि पहिलेको भन्दा अलि बढी आवाजमा ताली बज्यो ।  तर पनि ओलीलाई चित्त बुझेन । उहा्रँले फेरि भन्नुभयो, ‘अझै बजाइ राख्नुभएको छैन !’ त्यसपछि भने कार्यकर्ताले ठुलो आवाजमा ताली बजाए । त्यसपछि ओलीले  कार्यकर्तालाई फेरि प्रतिबद्धता जनाउन लगाएर भन्नुभयो, ‘हामी इमानदारीताका साथ लाग्छौ, अस्तिको जस्तो चुनाव हुन दिँदैनौ । हाम्रो प्रतिबद्धता हो । अस्तिको चुनाव राम्रो भएन’, उहाँले १०, १५ सिट ल्याउने विरोधीले एमाले सकिएको भनेर प्रचार गरेको भन्दै त्यसमा नलाग्न आग्रह गर्नुभयो । 
     
    ‘आफ्नै बिरुवा छैन एमालेको बन समाप्त पार्दिए भन्छ, खोजमेल, गोडमेल गर्दा ३ प्रतिशत ल्याउनेले एमाले हार्‍यो रे यो हल्लाका पछि लाग्नुपर्ने छैन’, ओलीले भन्नुभयो, ‘हाम्रै कमजोरीले हो । प्रचार पुगेन । यत्रा काम गरेका छौ ओहो ?’ उहाँले अपवित्र गठबन्धनलाई मिल्काउनुपर्ने भन्दै समयक्रममा गठबन्धन आफैँ फुट्ने दाबी गर्नुभयो । उहाँले एकता फोड्न चाँदीको तरबार बनाउनुपर्ने आवश्यक नरहेको पनि बताउनुभयो । गठबन्धनलाई स्वार्थी र पुँजीवादीहरुको संज्ञा दिँदै उहाँले वामपन्थी कोही छौ भने गठबन्धन छोडेर एमालेमा आउन आग्रह समेत गर्नुभयो। 
     
    ‘तपाईँहरूले कहिले कहिले देख्नुभएको छैन ? काँग्रेसले समातेर गालामा ठ्याम्म हान्छ, खुट्टामा समातेर रुन्छन् । अनि त्यस्ताहरूलाई वामपन्थी भनेर अपेक्षा गर्छौ ? देश बनाउन लाग्लान् ? आफ्नै भनेका छ भोट हाल्न आउँदैनन् भने ? ’ओलीको प्रश्न छ ।


    बुधवार, श्रावण ४ २०७९०२:२७:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij