Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

श्वेतगंगा हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो

श्वेतगंगा हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो

  • बुधवार, श्रावण ४ २०७९

  • 540
    SHARES

  • श्वेतगंगा हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो
    काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ४ साउन बुधबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री खुला गरेको हो ।
     
    कम्पनीले सर्वसाधारणका लागि २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको छ । जसमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरेर बाँकी २२ लाख ७० हजार २५ कित्ता आईपीओ सर्वसाधारणको लागि छुटाइएको छ ।
     
    कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन गरेपश्चात् अब सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
     
    इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।
     
    लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
     
    कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्ङमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
     
    कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहावबाट  २८।१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कूल अनुमानित लागत ६ अर्ब ३७ करोड २० लाख रहेको छ ।


    बुधवार, श्रावण ४ २०७९१०:५३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij