Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रियसभाको बैठक बस्दै

  • बुधवार, श्रावण ४ २०७९

  • 636
    SHARES

  • राष्ट्रियसभाको बैठक बस्दै
    काठमाडौं । राष्ट्रियसभाको बैठक बुधबार(आज) बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुनेछ । आज १२औँ अधिवेशनको ३९औँ बैठक बस्न लागेको हो ।
     
    बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ।
     
    उहाँले नै ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
     
    आजै बिहान ११ बजे प्रतिनिधिसभाको बैठक पनि बस्दै छ ।


    बुधवार, श्रावण ४ २०७९१०:४०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij