Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्री प्रकरण : सीसीटीभी फुटेज रिकभर गर्न प्रहरीको फरेन्सिक ल्याबमा पठाइने

अर्थमन्त्री प्रकरण : सीसीटीभी फुटेज रिकभर गर्न प्रहरीको फरेन्सिक ल्याबमा पठाइने

  • मंगलवार, श्रावण ३ २०७९

  • 896
    SHARES

  • अर्थमन्त्री प्रकरण : सीसीटीभी फुटेज रिकभर गर्न प्रहरीको फरेन्सिक ल्याबमा पठाइने
    काठमाडौं । संसदीय विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर गर्न नेपाल प्रहरी अन्तर्गतको फरेन्सिक ल्याबमा पठाउने भएको छ ।
     
    बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपमाथि छानबिन गर्न बनेको विशेष समितिले जेठ १४ गते मध्यान्ह १२ बजेदेखि १५ गते मध्यान्ह १२ बजेसम्मको सीसीटीभी फुटेज उपलब्ध गराउन आग्रह गरेको थियो ।
     
    तर अर्थ मन्त्रालयले सीसीटीभीको हार्डडिक्स नै पठायो, जसमा असारको मात्र फुटेज भेटिएको छ । १३ दिनको मात्र फुटेज रहने र अरू क्रमशः मेटिँदै जाने अर्थ मन्त्रालयले छानबिन समितिलाई जानकारी गराएको छ ।  समितिले भने यसरी मेटिएको फुटेज कसरी रिकभर गर्ने भनेर प्रहरीको साइबर ब्युरो र इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञसँग सुझाव लिएको थियो ।
     
    विज्ञहरूले डिलिट भएको सीसीटीभी फुटेज रिकभर हार्डडिक्सको अवस्थामा भरपर्ने भन्दै प्रहरीको फरेन्सिक ल्याबमा पठाउन सुझाव दिएका थिए । 
     
    समितिको मंगलबार बसेको बैठकले अर्थ मन्त्रालयको समग्र सीसीटीभी सिस्टमलाई फुटेज रिकभर गर्नको लागि प्रक्रिया पुर्‍याएर प्रहरीको फरेन्सिक ल्याबमा पठाउन निर्णय गरेको एक सदस्यले जानकारी दिएका छन् ।
     


    मंगलवार, श्रावण ३ २०७९०७:४१:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij