Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

भोलिदेखि यी जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइने !

भोलिदेखि यी जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइने !

  • आइतवार, श्रावण १ २०७९

  • 879
    SHARES

  • भोलिदेखि यी जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइने !
    काठमाडौं । सोमबारदेखि ५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा दिइने भएको छ । पहिलो मात्रा फाइजर लगाइसकेका २७ जिल्लाका बालबालिकालाई खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
     
    बालबालिकालाई दोस्रो मात्रा खोप भोलिदेखि नजिकैको विद्यालयमा तय गरिएको खोप केन्द्रबाट खोप दिइने मन्त्रालयले जनाएको छ । दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको खोप कार्ड अनिवार्यरुपमा बोकेर जान मन्त्रालयले आग्रह गरेको छ ।
     
    दोस्रो मात्रा खोप काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर, झापा,मोरङ, इलाम, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी,कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम,रुपन्देही,बाँके, दाङ, बर्दिया, सुर्खेत,कैलाली, कञ्चनपुर डडेलधुरा जिल्लाका बालबालिकाले पाउनेछन् । 


    आइतवार, श्रावण १ २०७९०६:०८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij