काठमाडौं । पार्टीमा देखिएको विवाद समाधानका लागि गठित नेपाल कम्युनिस्ट पार्टीको कार्यदलको प्रतिवेदनमाथि आगामि शनिबार (१३ भदौ)मा सचिवालयमा छलफल हुने भएको छ ।
नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार बिहान भएको छलफलमा शनिबार बिहान ११ बजे बस्ने सचिवालय बैठक बोलाउने र कार्यदलको प्रतिवेदन पेश गर्ने सहमति भएको हो ।
गत शनिबार महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदले बुझाएको प्रतिवेदनमाथि आज बिहान दुई अध्यक्षबीच बालुवाटारमा दुई घण्टा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
सचिवालयले पारित गरेर कार्यदलको प्रतिवेदन स्थायी कमिटिमा छलफल हुने महासचिव पौडेलले बताउनुभएको छ ।