Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

त्रिकोणात्मक सिरिज : नामिबियाविरुद्ध बलिङ गर्दै नेपाल

त्रिकोणात्मक सिरिज : नामिबियाविरुद्ध बलिङ गर्दै नेपाल

एक खेलाडी परिवर्तन
  • शनिवार, आषाढ ३२ २०७९

  • 668
    SHARES

  • त्रिकोणात्मक सिरिज : नामिबियाविरुद्ध बलिङ गर्दै नेपाल

    काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ । नामिबियाले टस जितेर पहिले ब्याटिङ रोजेको छ । र, नेपाललाई फिल्डिङमा पठाएको छ ।

    नामिबियाविरुद्ध नेपालले एक खेलाडी परिवर्तन गरेको छ । करण केसी टिम बाहिर रहँदा पवन सर्राफ सुरुआती–११ मा अटाएका छन् ।
    नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, नामिबियालाई हराउन नेपाललाई सहज भने हुनेछैन । किनकि सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।
     
    नामिबियाविरुद्ध नेपाल पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । नामिबिया भने नेपाललाई लगातार दोस्रो भेटमा हराउन चाहन्छ ।
     
    सिरिजको दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । यता, नामिबिया भने स्कटल्याण्डविरुद्ध दुई खेलमा पराजित भएको छ ।
     
    नेपाल लिग टू को अंक तालिकाको पाँचौँ स्थानमा रहेको छ ।  नेपालले १८ खेलमा १७ अंक जोडेको छ । नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौँ स्थानमा रहेको छ । सिरिज अन्तर्गत नै अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध आइतबार खेल्नेछ ।
     


    शनिवार, आषाढ ३२ २०७९०३:३३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij