Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

विद्या भट्टराईलाई उपसभामुख बनाउन शेरबहादुर तामाङको आग्रह

विद्या भट्टराईलाई उपसभामुख बनाउन शेरबहादुर तामाङको आग्रह

  • शुक्रवार, आषाढ ३१ २०७९

  • 693
    SHARES

  • विद्या भट्टराईलाई उपसभामुख बनाउन शेरबहादुर तामाङको आग्रह

    काठमाडौं । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले उपसभामुख पद एमालेलाई दिन आग्रह गर्नुभएको छ।

    शुक्रबार प्रतिनिधिसभाको बैठकमा भइरहेको उपसभामुखको निर्वाचन प्रक्रियामा एमालेबाट उम्मेदवार रहेकी विद्या भट्टराईलाई समर्थन गर्दै प्रमुख प्रतिपक्षीलाई उपसभामुख दिन आग्रह गर्नुभएको हो ।

    सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोकको र विद्या भट्टराई पनि सिन्धुपाल्चोककै चेली रहेकोले सभामुख र उपसभामुख एउटै जिल्लाको हुँदा राम्रो हुने बताउनुभयो । उहाँले कांग्रेसबाट उम्मेदवार बन्नुभएकी पुष्पा भुसालको समर्थक रहेका माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङलाई समर्थन फिर्ता लिन पनि आग्रह गर्नुभयो ।

    विद्या भट्टराई पनि वामपन्थी आन्दोलन, लोकतान्त्रिक आन्दोलनको एक सदस्य भएकोले उपसभामुख बनाउन तामाङको आग्रह थियो ।


    शुक्रवार, आषाढ ३१ २०७९०४:४३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij