Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आईजीपी नियुक्तिविरुद्ध विश्वराज पोखरेलको रिट सर्वोच्चद्वारा खारेज

आईजीपी नियुक्तिविरुद्ध विश्वराज पोखरेलको रिट सर्वोच्चद्वारा खारेज

  • शुक्रवार, आषाढ ३१ २०७९

  • 645
    SHARES

  • आईजीपी नियुक्तिविरुद्ध विश्वराज पोखरेलको रिट सर्वोच्चद्वारा खारेज
    काठमाडौं । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज भएको छ । सर्वोच्च अदालतले आज आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो ।  यससँगै पोखरेलको आईजीपी बन्ने सपना चकनाचुर भएको छ । 
     
    कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले  प्रहरी महानिरीक्षकमा धिराजप्रताप सिंहलाई  नियुक्त गर्ने सरकारको निर्णय कानुनसम्मत भएको ठहर गरेको हो । यस्तै यसअघि तीन डीआईजीले दायर गरेको मुद्दा पनि खारेज गर्ने फैसला भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।
     
    आईजीपी नियुक्ति विरुद्धको मुद्दामा आज विश्वराज पोखरेल पक्षका वकिलहरूले जवाफी बहस गरेसँगै फैसला आएको हो । मुद्दामा आज निवेदक एआईजी पोखरेलको तर्फबाट वकिलहरू शतीशकृष्ण खरेल, रमेश बडाल, राधेश्याम अधिकारी, ललितबहादुर बस्नेत, हरिहर दाहा, सुनिल पोखरेल, पूर्णमान शाक्य र कृष्णप्रसाद भण्डारीले जवाफी बहस गरेका थिए । 
     
    कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा आज आईजीपी नियुक्तिसम्बन्धी मुद्दा पाँचौँ पटक सुनुवाइ भएको थियो । संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको थियो ।  वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
     


    शुक्रवार, आषाढ ३१ २०७९०३:३६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij