Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

बाबुरामले पार्टी फुटाउने षड्यन्त्र गरेपछि कारबाही गरिएको हो : यादव

बाबुरामले पार्टी फुटाउने षड्यन्त्र गरेपछि कारबाही गरिएको हो : यादव

  • शुक्रवार, आषाढ ३१ २०७९

  • 493
    SHARES

  • बाबुरामले पार्टी फुटाउने षड्यन्त्र गरेपछि कारबाही गरिएको हो : यादव

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईले पार्टी फुटाउने षड्यन्त्र गरेकोले कारबाही गरिएको बताउनु भएको छ ।

    संघीय परिषद अध्यक्ष रहेका भट्टराईसहित ९ जनालाई जसपाले कारबाही गरेको थियो।

    वीरगञ्जमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले पार्टी हितभन्दा विपरीत काम गरेको पाइएकोले भट्टराई लगायतलाई कारबाही गरिएको बताउनुभयो।

    उहाँले पार्टी विभाजन गर्ने गरी जुन षड्यन्त्र गर्नुभयो त्यो पार्टी हितविपरीत थियो। त्यसैले उहाँलाई पद र जिम्मेवारीबाट मुक्त गरिएको हो,’ यादवको भनाई थियो ।

    भट्टराई सच्चिएर आए पार्टीमा राख्ने पनि उहाँले बताउनुभयो । यादवले रेणु यादवले पार्टी नछाडेको बताउनुभयो।

    भट्टराई पक्षले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक गर्दा उपेन्द्र पक्षले वीरगञ्जमा केन्द्रीय समितिको बैठक राख्नुभएको थियो ।

     


    शुक्रवार, आषाढ ३१ २०७९११:१२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij