काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले गाई चुनाव चिह्न माग्दै सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको छ ।
थापाले बिहीबार निर्वाचन आयोग र आयोगको कार्यालयलाई विपक्षी बनाउँदै मुद्दा दर्ता गराउनुभएको हो ।
सर्वोच्चले उक्त मुद्दाको असार ३१ गते पेशी तोकेको सर्वोच्च अदालतले जनाएको छ ।