Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कंगना भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी अवतारमा

कंगना भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी अवतारमा

  • बिहिवार, आषाढ ३० २०७९

  • 556
    SHARES

  • कंगना भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी अवतारमा

    काठमाडौं । बलिउड अभिनेत्री कंगना रणावतको आगामी फिल्म ‘इमर्जेन्सी’को पहिलो झलक सार्वजनिक भएको छ। फिल्म भारतीय राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको रुपमा कंगनाको अवतार देखिएको छ।

    बिहीबार सार्वजनिक भएको फिल्मको पहिलो झलकमा कंगनाको परिचयात्मक भिडियो समावेश गरिएको छ, जसमा अमेरिकी राष्ट्रपति निक्सनसँगको फोन संवादको प्रसंग समेटिएको छ।

    कंगना अभिनित इन्दिरा गान्धी पात्रले निक्सनलाई आफूलाई सम्बोधन गर्दा मेडम नभएर सर भन्ने गरेको सम्झाउन आफ्नो सहयोगीलाई भनेको अंश फस्र्ट लुकमा समेटिएको छ।

    हाल छायांकन सुरु भएको यो फिल्मलाई रणावत आफैंले निर्देशन गरेकी छिन्। उनकै कथा रहेको फिल्मको पटकथा र संवाद रितेश साहको रहेको छ।

    फिल्मलाई रेनु पिट्टी र कंगना आफैंले निर्माण गरेका हुन्। फिल्मलाई मनिकर्निका फिल्म्सको ब्यानरमा बनाइएको छ। फिल्मलाई २०२३ मा प्रदर्शन गर्ने तयारी रहेको छ।


    बिहिवार, आषाढ ३० २०७९०२:३८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij