Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

स्कटल्याण्डद्वारा नेपाललाई १४५ रनको लक्ष्य

स्कटल्याण्डद्वारा नेपाललाई १४५ रनको लक्ष्य

  • बुधवार, आषाढ २९ २०७९

  • 736
    SHARES

  • स्कटल्याण्डद्वारा नेपाललाई १४५ रनको लक्ष्य
    काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्याण्डले नेपाललाई जितका लागि १ सय ४५ रनको लक्ष्य दिएको छ । टिटवुड ग्लासगोमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४२ ओभर ५ बलमा अलआउट हुँदै  १ सय ४४ रन बनायो ।
     
    स्कटल्याण्डका लागि गाभिन मेनले अविजित रहँदै सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले । मार्क वाटले १७ तथा साफ्यान शारिफले १६ रन जोडे । कलुम म्याकलोडले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
     
    नेपालका सोमपाल कामी र आदील आलमले ३/३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले २ तथा करण केसी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।
     
    नेपाल आज स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । तर, बलियो टोली स्कटल्याण्डलाई हराउन नेपाललाई सहज छैन । 
    नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो ।
     
    स्कटल्याण्ड भने लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको थियो । 
     
    लिग टू को अंक तालिकामा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड २१ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
     
    सिरिज अन्तर्गत अब नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध शनिबार र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध अर्को आइतबार खेल्नेछ ।


    बुधवार, आषाढ २९ २०७९०७:२०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij