Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एकैदिन थपिए ७४३ संक्रमित, काठमाडौँमा कति?

एकैदिन थपिए ७४३ संक्रमित, काठमाडौँमा कति?

  • सोमवार, भाद्र ८ २०७७

  • 1.5K
    SHARES

  • एकैदिन थपिए  ७४३ संक्रमित, काठमाडौँमा कति?


    काठमाडौँ – नेपालमा पछिल्लो चौसिब घण्टामा थप ७४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै अब कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ ।

    २४ घन्टामा कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या १७५ जना रहेको छ । योसँगै हालसम्म निको हुनेको संख्या १८ हजार ८ सय ६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा जम्मा १० हजार २३४ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार २ सय ७५ रहेको छ ।

    त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १३ हजार ७१५ जना रहेको छ । काठमाडौँ उपत्यकामा मात्रै थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    काठमाडौँमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना गरी थप २२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङका क्रममा बताए।


    सोमवार, भाद्र ८ २०७७०४:४२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij