Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पर्यटन बोर्डद्वारा नवनियुक्त राजदूतहरूसँग अन्तरक्रिया

पर्यटन बोर्डद्वारा नवनियुक्त राजदूतहरूसँग अन्तरक्रिया

  • मंगलवार, आषाढ २८ २०७९

  • 590
    SHARES

  • पर्यटन बोर्डद्वारा नवनियुक्त राजदूतहरूसँग अन्तरक्रिया
    काठमाडौं। नेपाल पर्यटन बोर्डले विभिन्न देशका लागि नवनियुक्त राजदूतहरूसँग सोमबार काठमाण्डौमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 
     
    अन्तरक्रिया कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन प्रवर्द्धनका लागि विदेश स्थित नेपाली दूतावास र राजदूतहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै विदेशमा गरिने कार्यक्रममा समन्वय गरेर काम गर्नु पर्ने बताउनु भएको छ । मन्त्री श्रेष्ठले राजदूतावासहरू नै विदेशमा देशको प्रतिनिधित्व गर्ने आधिकारिक निकाय भएकोले नेपालको बारेमा सकारात्मक सन्देश प्रभाव गर्न आवश्यक रहेको र देशको प्रवर्द्धनका लागि सबैले आआफ्नो ठाउँबाट रचनात्मकढंगले कार्य गर्नु पर्ने बताउनुभयो । 
     
    मन्त्रालयका सचिव महेश्वर न्यौपानेले अन्तर्राष्ट्रिय स्तरमा देशको छवि निर्माणमा राजदूतहरूको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै  दूतावासहरूसँग समन्वय र सहकार्यका लागि मन्त्रालय र बोर्ड सधैँ तयार रहेको बताउनुभयो । 
     
    यस्तै मन्त्रालयका सह सचिव बुद्धिसागर लामिछानेले नेपाल हवाई सुरक्षाका हिसाबले सुरक्षित मुलुक रहेकोले सोही अनुरूप नेपालको हवाई सुरक्षाको विषयमा आएका भ्रम चिर्न आवश्यक रहेको बताउनु भएको छ । 
     
    कार्यक्रममा जापानमा लागि नवनियुक्त नेपाली राजदूत दुर्गा बहादुर सुवेदी, स्पेनका लागि शर्मिला पराजुली ढकाल, इजिप्टका सुशील लम्साल, म्यानमारका लागि हरिश्चन्द्र घिमिरे,आष्ट्रियाका लागि भरतराज रेग्मी, इजरायलका लागि कान्ता रिजाल, साउथ अफ्रिकाका लागि दान बहादुर तामाङ लगायतका नवनियुक्त राजदूतहरूले नेपालको प्रवर्द्धनका लागि देश अनुसार फरक फरक प्रवर्द्धनात्मक सामग्री तयार गर्नु पर्ने, विदेशमा गरिने कार्यक्रममा लागि बजेटको व्यवस्था गर्न तथा कार्यक्रम गर्दा दूतावाससँग समन्वय गर्नु पर्नेमा जोड दिएका छन् । 
     
    उनीहरूले नेपालको पर्यटनको विकासको लागि हवाई कनेक्टिभिटी अत्यावश्यक भएकोमा जोड दिँदै विदेशमा हुने कार्यक्रमहरू प्रभावकारी बनाउन दूतावास,मन्त्रालय,बोर्ड लगायतका निकायकाबीच समन्वय गर्न सुझाव दिएका छन् । यस्तै  नवनियुक्त राजदूतहरूले राष्ट्रको आर्थिक विकासका लागि आफ्नो कार्यकाललाई अधिकतम सदुपयोग गर्दै आफू कार्यरत देशबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारमा परिणामदायी कार्य गर्ने धारणा व्यक्त गरेका छन् । 
       
    यस्तै बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बोर्डका पनि आफ्नै सीमितताहरू हुने गरेको अवस्थामा राजदुतावासहरुले पनि सोही अनुरूपको समन्वय र सहकार्य गर्नु पर्ने बताउनुभएको छ । 
     
    पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले नेपाल पर्यटन बोर्डले कोभिड १९ पछि गरिरहेका कार्यक्रम तथा बोर्डको भावी योजनाबारे प्रकाश पार्दै बोर्डले नेपालको प्रवर्द्धनमा दुतावासहरूसंग सहयोगको अपेक्षा गरेको बताउनु भयो । 
     
    नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपाल हवाई उड्डयनमा आइकाको मापदण्ड अनुरूप सुरक्षित गन्तव्य रहेकाले राजदूतहरूले नेपालको हवाई सुरक्षाका विषयमा गरिने हुने भ्रम चिर्दै नेपाल जान अभिप्रेरित गर्नु पर्ने बताउनुभयो ।  
     
     
     


    मंगलवार, आषाढ २८ २०७९०५:३९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij