Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नागरिकता विधेयकबारे एनआरएन प्रतिनिधि मण्डलद्वारा प्रचण्डसँग छलफल

नागरिकता विधेयकबारे एनआरएन प्रतिनिधि मण्डलद्वारा प्रचण्डसँग छलफल

  • मंगलवार, आषाढ २८ २०७९

  • 830
    SHARES

  • नागरिकता विधेयकबारे एनआरएन प्रतिनिधि मण्डलद्वारा प्रचण्डसँग छलफल
    काठमाडौं । गैरआवासीय नेपाली संघको एक प्रतिनिधि मण्डलले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उहाँको निवास खुमलटारमा गई भेटघाट गरेको छ । 
     
    प्रतिनिधि मण्डलका पदाधिकारीहरूले सरकारले प्रतिनिधि सभामा पेस गर्न लागेको नागरिकता विधेयकबारे छलफल गरेका थिए । उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा बद्री केसी, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो लगायतका पदाधिकारीहरूले यो विधेयक ल्याउनको लागि सहयोग गरेकोमा पार्टीका अध्यक्षलगायत नेकपा माओवादी केन्द्र प्रति हार्दिक धन्यवाद प्रकट गर्नुभयो । 
     
    प्रतिनिधि मण्डले यो विधेयक अन्तिम चरणमा आइसकेकोले यसलाई पारित गराइ विश्वमा रहेका सबै गैरआवासीय नेपालीहरूको भावनालाई सम्बोधन गर्न हार्दिक आग्रह गरेको छ ।
     
    जवाफ अध्यक्ष प्रचण्डले संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि जुन व्यवस्था गरिएको छ त्यही अनुरूप विधेयक आउने जानकारी गराउनुभयो । यसमा आफ्नो र पार्टीको तर्फबाट यहाँहरूलाई पूर्ण सहयोग रहने पनि बताउनुभयो ।
     


    मंगलवार, आषाढ २८ २०७९०२:४८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij