Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभामा उठ्यो प्रश्न : श्रीलंकाबाट देउवाले मात्र होइन, ओलीले पनि सिक्नुपर्छ

राष्ट्रियसभामा उठ्यो प्रश्न : श्रीलंकाबाट देउवाले मात्र होइन, ओलीले पनि सिक्नुपर्छ

  • मंगलवार, आषाढ २८ २०७९

  • 640
    SHARES

  • राष्ट्रियसभामा उठ्यो प्रश्न : श्रीलंकाबाट देउवाले मात्र होइन, ओलीले पनि सिक्नुपर्छ

    काठमाडौं । राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले श्रीलंकामा हालै भएको घटनाबाट प्रधानमन्त्री शेरबहादुर देउवाले मात्र नभएर पूर्ववर्ती सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सिक्नुपर्ने प्रस्ट पार्नुभएको छ ।

    राष्ट्रियसभाको मंगलबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले श्रीलंकाको बारेमा आफूले यसअघि विभिन्न सन्दर्भमा धेरै पटक उदाहरण दिने गरेको स्मरण गराउनुभयो ।

    उहाँले जे राम्रो भइरहेको छ, त्यसको जस केपी ओली नेतृत्वको सरकारलाई दिने र जे नराम्रो भइरहेको छ, त्यो सबै शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दोष थोपर्ने प्रवृत्ति सही नभएको पनि बताउनुभयो । ओम्नी प्रकरण, गोकर्ण प्रकरणमा मुछिएको अघिल्लो सरकारका लागि पनि श्रीलंकाबाट सिक्नुपर्ने पाठ उत्तिकै महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

    केपी ओलीले झैं श्रीलंकामा महिन्दा राजापाक्षेले पनि दुई तिहाई बहुमतको सरकार बनाएको चर्चा गर्दै उनले अहिले तिकै राजापाक्षे सैनिक अड्डामा गएर लुक्नु परिरहेको बताउनुभयो ।

    नेपालमा जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनमा समेत राजदरवार कब्जा नभएको स्मरण गराउँदै उनले तर दरबार पनि कब्जा हुँदोरहेछ भन्ने कुरा श्रीलंकाले देखाएको पनि प्रस्ट पार्नुभयो । के कारणले श्रीलंका त्यहाँ पुग्यो भन्नेबारे गम्भीर विश्लेषण गर्न जरुरी रहेको उहाँले बताउनुभएको छ ।

    नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकले पनि देशको अर्थतन्त्र सकारात्मक दिशामा गइरहेको सन्देश दिएको उनले बताए । यद्यपि, सतर्क हुन भने आवश्यक रहेको उनको भनाइ छ ।


    श्रीलंकाको गलत आर्थिक नीति, देशव्यापी भ्रष्टाचार र कमिसनतन्त्र, परिवारवादका कारण त्यो अवस्था आएको उहाँले बताउनुभयो ।


    मंगलवार, आषाढ २८ २०७९०१:५५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij